खोलाले बगाउँदा सव–इन्जिनियरको मृत्यु

download (36)

विजयपुर  टेम्के मैयुङ गाउँपालिकाका सव–इन्जिनियर मन्दिप राईको खोलाले बगाउँदा मृत्यु भएको छ ।

बुधबार राति खोलाले बगाउँदा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार ३२ वर्षीय सव–इन्जिनियर राईलाई टेम्के मैयुङ–९ स्थित राउते खोलाले बुधबार राति ११ बजे बगाएको थियो ।

थुनिएको खोला खोलिएर आउँदा उनलाई बगाएको हो । डिएसपी क्षेत्रीले जेसिबीद्वारा खोला डाइभर्सन गर्ने क्रममा खोलिएर बाढी आउँदा राईलाई बगाएको बताए । राईको शव घटनास्थलबाट ३ मिलोमिटर टाढा फेला परेको थियो । बिहीबार पोष्टमार्टम गरेर परिवारले शव लगेको डिएसपी क्षेत्रीले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन