दमक/
दमकमा धेरै धाननै फल्थ्यो । त्यहि फलाएर , बेचेर आफ्नो गर्जो चल्ने गथ्र्योे । दमकको खास पेषानै धान फलाउने थियो । फलेको धान आफुलाई वर्षभरी खान राख्ने । बाँकी रहेको रङ्गेलिमा पुर्र्यारएर बेच्ने । यहाँ अर्थात दमकमा धान किन्न कोहि ब्यापारी आउदैन थिए ।
रङ्गेली जादा गोरु गाडामा बोराका बोरा धान हालेर लैजानु पथ्र्यो । कहिले कहि जादाताजदै रात पथ्र्यो । बाटैमा बास बस्नु पर्ने । बल्ल तल्ल रङ्गेली बजार पुग्यो । धान बेच्यो अनी त्यहिबाट आफुलाई घरमा चाहिने सौदा गरेर फर्कने चलन थियो ।
दमकमा २०१५ सालमा जन्मनु भएका सिताराम पोखरेलले दमकको इतिहास थाह पाउनु भएको छ । वर्तमान भोग्नु भएको छ भने अवको दमक कस्तो बन्ला भन्ने एउटा परिकल्पना पनि गर्न सक्ने क्षमता राख्नु हुन्छ ।
उहाँसग उज्यालो खवरको ‘दमकको इतिहास र वर्तमान’ कार्यक्रममा कुराकानी गरियो । सो कुराकानीका क्रममा उहाँले दमकमा पहिला धर्म भकारी रहेकोको कुरा सुनाउनु भयो । धर्म भकारी चाहि त्यसबेलाको नगर पञ्चायतले कोहि पनि नगरबासी भोकै बस्न नपारोस भनेर सुरु गरेको अभियान रहेको उहाँले उल्लेख गर्नुभयो ।
नगरपञ्चायतको आह्वानमा स्व.इच्छा हुनेहरुले त्यो धर्मभकारीमा केहि मुरी वा केहि पाथी धान जम्मा गर्दथे । यो बिचमा नगरको कोहि पनि नागरिकको उव्जाउ भएन र भोकै बस्नुपर्ने अवस्था आयो भने त्यहाँबाट झिकेर लैजान पाइन्थ्यो र त्यसले भोकमारी टार्न सकिन्थ्यो । तर पछि आफ्नोमा उब्जाउ भएपछि भोकमारीका बेला लगे बराबरको धान फिर्ता चाहि गर्नु पथ्र्यो । अनी जसले जम्मा गरेको हो उसलाई पनि यो बिचमा खानै नपुग्ने हुने गरि विभिन्न कारणले धान चाहियो भने लैजान सकिन्थ्यो । तर उसले चाहि तीर्न पर्दैन थियो ।
यसरी त्यसबेलाको भोकमारी हुन सक्ने सम्भावनालाई मद्यनजर गरेर सुरु भएको धर्मभकारी भएको ठाउँ चाहि अहिलेको दमक सहकारी रहेको ठाउ हो । अर्थात देवकोटा चोकको एन आइ सि एसियाको भवन भएको ठाउँ । यहाँ धान जम्मा गर्ने काम हुन्थ्यो । पछि त्यसलाई साझाको रुपमा विकास गरेर सरकारले अघी बढाएको पनि उहाँले कुराकानीका क्रममा बताउनु भयो ।
पोखरेलसँगको संवादको भिडियो यहाँ राखीएको छ ।