झापाको कनकाईमा हायस गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षीका मानबहादुर (मदन) बेघाको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा गइरहेको वा ३ ख ८६३७ नम्बरको हायसको ठक्करबाट स्कुटर चालक बेघाको घटनास्थलमै मृत्यु भएको हो । बेघा प्रदेश ३-२८ प ६३४४ नम्बरको स्कुटरमा पूर्वतर्फ जाँदै थिए ।