बाढीको जोखिममा दोभान बजार

thumb (17)

ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार बाढीको जोखिममा परेको छ । मैवा खोलामा आएको बाढीले धार परिवर्तन गरेर बस्ती केन्द्रित भएपछि जोखिम बढेको हो । यहाँका व्यापारीहरु अहिले घरको सामान सुरक्षित ठाउँमा सार्न थालेको मेरिङदेन गाउँपालिका–३ का वडाध्यक्ष गजेन्द्र लिम्बूले जानकारी दिए । दोभान बजार निवासी वडाध्यक्ष लिम्बूका अनुसार शनिबार बेलुका मैवाखोलामा बाढी आएपछि यहाँका बासिन्दा सुत्न पाएका छैनन् । ‘सुरुमा पारिपट्टिबाट बगिरहेको थियो, राति २ बजेपछि धार परिवर्तन गरेर बस्ती केन्द्रित भएपछि समस्या भएको छ,’ व्यापारी टंक खतिवडाले भने, ‘२०७२ सालदेखि बस्तीको सुरक्षाका लागि लगाएको ग्याभिङ वाल सबै भत्काएको छ ।’ वडाध्यक्ष लिम्बूका अनुसार एक्सकाभेटर मेसिन प्रयोग गरेर ठूल्ठूला ढुंगा लगाउन सके केही राहत होला भन्दै त्यसको तयारी गरिएको छ । दोभानमा ७६ परिवारको बसोबास रहेको छ । व्यापारिक केन्द्र भएकाले यहाँका अधिकांशले व्यापार, व्यवसाय गर्दै आएका छन् । २०७८ सालमा यो बजारमा आगोले पनि क्षति पुर्‍याएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।