पिकअपको ठक्करबाट शुक्रबार २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
कोशी राजमार्गको धरान–इटहरी सडक खण्डमा पर्ने चारकोसी झाडीको निर्माणाधीन चाल लेन सडकमा काम गर्ने तीन मजदुरलाई गयराती एक पिकअप भ्यानले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
धरान ८ शनी मन्दिर दक्षिणमा काम गर्ने रौता कन्स्ट्रक्सन कार्यरत सप्तरीको सुरुङा नगरपालिका २ का १८ वर्षीय ज्योतिष सदा , विशाल सदा र सिराहाको लहान नगरपालिका १५ का १८ वर्षीय लभ सदालाई ठक्कर दिएका थिए । शुक्रबार राती ९ बजे खाजा खाएर फर्कने क्रममा पछाडिबाट ठक्कर दिएको त्यहाँ कार्यरत लहान नगरपालिका वडा २ का १६ वर्षीय नारद सदाले बताएका छन् ।
पिकअपको ठक्करबाट घाइते भएका उनीहरूलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्योतिष र विशालको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते लभ सदाको प्रतिष्ठानको सघन कक्ष ९आइसीयु० मा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ठक्कर दिने पिकआपको तत्काल पहिचान नखुलेकोले खोजी कार्य भइरहेको छ । दुर्घटनापछि इटहरी तर्फ फरार भएको उक्त पिकअपको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।