धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ ।
गाउँपालिकाको ४ नम्बर वडास्थित तेलियामा खोला किनारमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीकाअनुसार मंगोलियन अनुहारको पहिचान नखुलेको अन्दाजी २५ वर्षीय महिलाको शव तमोर नदी किनारमा आइतबार अपराह्न फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।