ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् ।आज (सोमबार) बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर राई बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएका हुन् ।
त्यस्तै, सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान तथा बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।