लियो जिल्ला परिषद् ३२५ सी को जिल्ला अधिबेशनबाट इटहरीका नवराज सिंह खड्का निर्बिरोध निर्वाचित 

received_194983169831751

 

 

दमक /

लियो जिल्ला परिषद् ३२५ सी को जिल्ला अधिबेशनबाट इटहरीका नवराज सिंह खड्का निर्बिरोध निर्वाचित भएका छन् ।

शनिवार इटहरीको लायन्स भवनमा भएको निर्वाचनबाट अध्यक्षका एकल उम्मेद्वार खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

लियोको जिल्ला परिषद् उपाध्यक्षका रूपमा काम गरिसकेका उनी इटहरी सुनसरी लियो क्लबको अध्यक्ष हुँदै जिल्ला परिषद्का विभिन्न पदहरूमा काम गरिसकेका थिए ।

निर्वाचित भएपछि खड्काले आफ्नो क्षेत्रमा रहेका लियो क्लबले गर्ने हरेक गतिविधिमा जिल्ला परिषद्ले पुलको काम गर्ने र सम्पुर्ण लियोमा लागेका युवालाईहरू नेतृत्वमा ल्याउन आफू क्रियाशिल रहने बताए ।

 

लियोलाई ब्रान्डिङ गर्दै समाजका अन्य युवाहरूलाई समेत लियोमा आकर्षण गर्न बिभिन्न योजनाहरू बनाएर चाडैँ सार्वजनिक गर्ने खड्काको भनाइ छ । आफ्नो योजनामा सबैको साथ र समर्थन आफुलाई प्राप्त हुने बिश्वास खड्काले व्यक्त गरेका छन् ।

 

त्यस्तै लियोको जिल्ला परिषद उपाध्यक्षमा लियो मोहम्द अब्बुबकर राइन निर्वाचित भए । राइन पनि बिगत लामो समय देखि लियोको अभियानमा लागेर सामाजिक काममा समर्पित ब्यक्ति हुन ।

 

निर्वाचित खड्काले आफ्नो कर्याकालको आफ्नो बोर्ड चाँडै नै मनोनयन गरी सार्वजनिक गर्ने बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन