रास्वपा दमकद्वारा रक्तदान

 

दमक / 

पार्टी स्थापापना भएको पहिलो वर्ष पुगेको अबसरमा राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगरकमिटि दमकले आज रक्तदान गरेको छ ।

गणतन्त्र चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रम पार्टिका नगर सभापति बिबेक पाठकले सुरुवात गर्नु भएको थियो ।

५१ पेइन्ट रगत संकलन भएको यो कार्यक्रममा पार्टीका विभिन्न तहका जिम्मेवार पदाधिकारी तथा नेताहरुको उपस्तिथि रहेको थियो ।

पार्टी नगर उप सभापति प्रतिमा दाहालले सन्चालन गर्नु भएको कार्यक्रममा विभिन्न सर्बसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

पार्टीले भोलि साझ ७ बजे सामुहिक घण्टी बजाउने कार्यक्रम समेत रहेको कोषाध्यक्ष मिलन आचार्यले जानकारी दिनु भयो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp