दमक/
झापाको दमकमा पहिलोपटक मेयर कप फुटसल प्रतियोगिता हुने भएको छ ।
असार ८ गते देखि निरन्तर तीन दिन सम्म हुने प्रतियोगितामा दमकमा १० टिम सहभागी हुने भएका छन ।
” दमकको मेयर कप भएकोले यसमा हरेक वडाबाट एक एक टिम तय गरिएको छ । एक दिनका न्युनतम ३ खेल खेलाईने छ । टिमलाई दुई समुहमा वर्गीकरण गरिएको छ ।” आयोजक रनभुमी फुटसलका संचालक डिकमणी अधिकारी (सावन )ले उज्यालो खबरलाई जानकारी दिनु भयो ।
खेल हुने पहिलो दिन दमक नगरका जनप्रतिनिधि र पत्रकार बिचमा मैत्रीपुर्ण प्रतिस्पर्धा गराईने जनाईएको छ ।
पहिलो प्रतियोगिता असार ८ गते अपरान्ह ३ बजे वडा नम्बर १ सग वडा नम्बर ३ भिड्ने छ ।