दुर्घटना

इलाममा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

1687420115_96999

इलाम / इलामको राँकेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ साथै एक जना घाइते भएका छन् ।बुधवार इलामबाट राँकेतर्फ गइरहेको मे १ त २५२३ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खस्दा एक जनाको दुर्घटना स्थलमा नै मृत्यु भएको र एक जना सामान्य घाइते भएका छन् । घाइतेलाई इलाम अस्पतालमा लगी उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी गएर के कारणले दुर्घटना भएको अनुसन्धान भई रहेको र अहिलेसम्म मृतकको पहिचान नभएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन