Search
Close this search box.

 

विराटनगर  ओखलढुङ्गामा बाढी पहिरोमा परेर दुइी जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा श्रीमान श्रीमतिको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् ।

गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरेको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp