"दमक बजेट "

दमको बजेट १ अर्व ८४ करोड बढी , श्रोत केके ?

 

दमक/ 

दमक नगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट रु. १ अर्ब ८४ करोड १२ लाख ३९ हजार प्रस्ताव गरेको छ ।

जसमध्ये चालु खर्च तर्फ रु १ अर्व १ करोड ९४ लाख ९७ हजार (५५ ३७ प्रतिशत) र पूँजिगत खर्च तर्फ रु ८२ करोड १७ लाख ४२ हजार (४४.६३ प्रतिशत) विनियोजन गरिएको जनाईएको छ ।

नगरको तेर्हौ नगरसभामा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले प्रस्तुत गर्नु भएको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ नगरपालिकाको आन्तरिक आयबाट रु २४ करोड ९४ लाख ९२ हजार र दमक अस्पतालको आन्तरिक आयबाट रु ३१ करोड रकम व्यहोरीने छ भने संघीय सरकारको अनुदान ९५ करोड ८९ लाख र प्रदेश सरकारको अनुदान ४ करोड ८ लाख ८८ हजार प्राप्त हुने छ ।

राजश्व बाँडफाइबाट रु २७ करोड १९ लाख ५९ हजार र जनसहभागितावाट रु १ करोड रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।

 

Share: