Search
Close this search box.

उदयपुर / उदयपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ८ केवरपानीका ४७ वर्षीय टेकमान मोक्तान (तामाङ) रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो। ​

टेकमानले ती बालिकालाई बुधवार दिउँसो उदयपुरगढी ८ केवरपानी गडेरेस्थित झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp