स्वास्थ्य सिधारको निति

स्वास्थ्यमा दमकको निति तथा कार्यक्रम : निशुल्क पोष्मार्टम देखि निशुल्क एम्बुलेन्स सम्म

 

दमक/
झापाको दमक नगरपालिकाले आज आफ्नो निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको तेह्रौ नगरसभाको आयोजना गरि उप प्रमुख रेगिना भट्टराई प्रसाईले रोष्टममा उभीएर कार्यक्रम निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

नगरसभामा प्रस्ताव गरिएको निति अन्तर्गत स्वास्थ्य सुधारमा केहि नयाँ निति पनि ल्याइएको छ । जसमा नागरिकका सामान्य अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको छ ।

उप प्रमुखले घोषणा गर्नु भएको निति तथा कार्यक्रममा नगरमा रहेका १० वटै स्वास्थ्य केन्द्रमा महिनामा न्यूनतम एक दिन चिकित्सक सेवा प्रदान गरिने बताइएको छ ।

यसै गरि सुत्केरी महिलालाई घर घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गरिने कार्यक्रम पनि नगरसभामा पेष गरिएको छ ।
‘ नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी ’ भन्ने नाराकासाथमा नगरपालिकाले निशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि कार्यक्रम बनाएको छ । सबै नागरिकको स्वास्थ्य सेवामा पहुच पुगोस भन्नकालागि यो कार्यक्रम ल्याइएको उप प्रमुख भट्टराईले बताउनु भयो ।

यसै गरि दमक अस्पतालमा दिइदै आएको पोष्टमार्टम सेवालाई निशुल्क गर्ने पनि कार्यक्रम प्रस्तुत भएको छ । तर यो सुविधा चाहि दमक नगरभित्र बसोबास गर्नेहरुले मात्रै पाउने पनि जनाइएको छ ।

दमक अस्पतालको भीडलाई व्यवस्थित गर्न टोकन प्रणाली लागु गर्ने निति सहितको कार्यक्रम पनि नगरसभामा पेष गरिएको छ ।

यस्तै दमक अस्पतालमा फिजियोथेरापी, एच डि यू, डायलाइसिस, सिटि स्क्यान सेवाहरुलाई बिस्तार गर्दै लगिने र अपरेशन कक्षलाई मोडुलर अपरेशन थिएटरको रुपमा विकास गरिने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको