दमक/
झापाको दमक नगरपालिकाले आज आफ्नो निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको तेह्रौ नगरसभाको आयोजना गरि उप प्रमुख रेगिना भट्टराई प्रसाईले रोष्टममा उभीएर कार्यक्रम निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
नगरसभामा प्रस्ताव गरिएको निति अन्तर्गत स्वास्थ्य सुधारमा केहि नयाँ निति पनि ल्याइएको छ । जसमा नागरिकका सामान्य अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको छ ।
उप प्रमुखले घोषणा गर्नु भएको निति तथा कार्यक्रममा नगरमा रहेका १० वटै स्वास्थ्य केन्द्रमा महिनामा न्यूनतम एक दिन चिकित्सक सेवा प्रदान गरिने बताइएको छ ।
यसै गरि सुत्केरी महिलालाई घर घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गरिने कार्यक्रम पनि नगरसभामा पेष गरिएको छ ।
‘ नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी ’ भन्ने नाराकासाथमा नगरपालिकाले निशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि कार्यक्रम बनाएको छ । सबै नागरिकको स्वास्थ्य सेवामा पहुच पुगोस भन्नकालागि यो कार्यक्रम ल्याइएको उप प्रमुख भट्टराईले बताउनु भयो ।
यसै गरि दमक अस्पतालमा दिइदै आएको पोष्टमार्टम सेवालाई निशुल्क गर्ने पनि कार्यक्रम प्रस्तुत भएको छ । तर यो सुविधा चाहि दमक नगरभित्र बसोबास गर्नेहरुले मात्रै पाउने पनि जनाइएको छ ।
दमक अस्पतालको भीडलाई व्यवस्थित गर्न टोकन प्रणाली लागु गर्ने निति सहितको कार्यक्रम पनि नगरसभामा पेष गरिएको छ ।
यस्तै दमक अस्पतालमा फिजियोथेरापी, एच डि यू, डायलाइसिस, सिटि स्क्यान सेवाहरुलाई बिस्तार गर्दै लगिने र अपरेशन कक्षलाई मोडुलर अपरेशन थिएटरको रुपमा विकास गरिने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।