दमक/
दमक नगरपालिकाले आज नगरसभामा प्रस्तुत गरेको निति तथा कार्यक्रमा लेखिएको छ ‘घरबाट उत्पादित फोहोरलाई श्रोतमानै वर्गिकरण गर्ने कार्य अनिवार्य लागु गर्दै सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना र कार्वाहि गरिने छ ।’
यसको मतलव अव तपाईको घरमा उत्पादन भएको फोहोर फाल्दा कुहिने र नकुहिने छुट्याएर राख्नु भएन भने कार्वाहिको भागेदार बन्न सक्नु हुने छ ।
यस्तै दमकका सडक, सार्वजनिक स्थलमा कुनै पनि प्रकारका फोहोर फाल्नुभयो भने तपाईले जरिवाना सहित कार्वाहि भोग्नु पर्ने हुन्छ ।
दमक नगरपालिकाले नगरलाई स्वच्छ र सफा राख्न यो निति ल्याएको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
साथै दमकबाट उत्पादित फोहोरलाई उर्जामा उत्पादन गर्ने कार्यक्रमकालागि दमक २ मा रहेको नेक्स्ट इरा प्रालिँिग भएको सम्झौता अनुसार कार्यान्वायन गर्न आवश्यक समन्वय र सहकार्य गरि ग्यास तथा मल उत्पादन कार्यक्रमलाई निरन्तर्ता दिइने पनि उल्लेख गरिएको छ ।