दमक/
दमकमा कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरहेको जीवन विकास लघुवित्त नेक्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिको निकट यूवा संगठन नेपालले कब्जा गरेको छ ।
दमक – ८ मा कार्यालय रहेका लघुवित्तमा संगठनले तालाबन्दी गरेको हो ।
संगठनका झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ भने उक्त संस्थाको बोर्ड तोडफोड र आगजनी गरेको छ।
यसअघि जीवन विकास संस्थाले स्थानीय स्तरमा ऋणीहरुलाई धम्क्याएको, चरम शोषण गरेको , चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको र पटकपटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकिएकोले तालाबन्दी गरिएको इन्चार्ज पुकार सी ले बताउनु भयो ।
‘संस्थाले कयौं दिदीबहिनीहरुलाई आत्महत्या गर्ने स्थितिमा पुर्याएको, समाजमा गुन्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने छ’ युवा संगठनले चेतावनी दिएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजीको आरोपमा हिजो विर्तामोडस्थित बुधबारे हटियामा नबराज विमलिको घर कब्जामा लिएको थियोे ।