दमकमा रोजगार रणनिति तर्जुमा गरिदै

 

दमक/
दमक नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरकै रोजगार रणनिति तर्जुमा गने जनाएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममा समग्र अर्थतन्त्रको विकासकालागि आय आर्जन, रोजगारी, स्थानिय उत्पादन अभिबृद्धि गरी गरिवी न्यूनिकरण गर्न दमक नगरपालिकाको आफ्नै रोजगार रणनिति तर्जुमा गरि कार्यान्वायन गर्ने जनाएको छ ।

यस्तै दमक नगर क्षेत्रका यूवाहरुमा भएको ज्ञान, सीप ,क्षमताको सदुपयोग गर्दै उद्यमशिलता तथा सीपको विकास गरी उत्पादन एवं रोजगारी अभिबृद्धि गर्नकालागि स्वरोजगार कोष स्थापना गरिसञ्चालन गरिने पनि नगरकी उप प्रमुख रेगिना भट्टराईले बताउनु भयो ।

नगरले बैदेशिक रोजगार प्रर्वधन बोर्डसँगको समन्वयमा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुले आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमै उद्यमसिलताको विकास तथा सीपको प्रवर्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक पूःन एकिकरण कार्यक्रम कार्यक्रम सञ्चालन गरिने उप प्रमुख भट्टराईले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp