दमकका विप्पन्नलाई झुल वितरण

 

दमक/
दमक नगरपालिका वडा नं ४ र ५ का सुकुम्बासी बस्तिका ८० बढि परिवारलाई निशुल्क झुल वितरण गरिएको छ ।
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको पहलमा लायन्स क्लव अफ काठमाडौले विप्पन्न परिवार लक्षित झुल वितरण गर्ने काम गरेको हो ।

दमक ५ स्थित प्रगति टोलमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी उप प्रमुख भट्टराई लगायतले झुल वितरण गर्नु भएको थियो ।

क्लवका अध्यक्ष नरेश खड्काको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न गर्न स्थानिय सामाजीक अगुवाहरु रुद्र गौतम, एक राज लुईटेल लगायतको सकृयता रहेको थियो ।

कार्यक्रममा दमक नगरपालिका वडा नं ४ का वडाध्यक्ष पुण्ड्य प्रसाद दाहाल, नेपाली काग्रेस वडा नं ५ का सभापति चैतन्य बराल लगायत अन्य सामाजीक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेत्रालय नगरको नाममा ल्याउन उप प्रमुखको प्रस्ताव
लायन्स क्लव अफ काठमाडौको नाममा रहेको पाथीभरा नेत्रालय र त्यसको जग्गा दमक नगरपालिकको नाममा ल्याएर संरक्षण गर्न उहाँले सो कार्यक्रम मार्फत क्लवलाई प्रस्ताव गर्नु भएको छ ।

दमक १ स्थित भाँङवारीमा क्लवले एक बिगाह क्षेत्रफलमा पाथीभरा नेत्रालय सञ्चालन गरिरहेको छ । सो ठाउँमा वडा नं १ को कार्यालय पनि बनाउने, लायन्सको एउटा बिल्डिङपनि बनाउने र लायन्सका सबै गतिविधि यहिबाट सञ्चान गर्ने गरि काम गर्दा त्यसको उपयोगिता अझ बढ्ने भन्दै उप प्रमुख भट्टराईले सार्वजनिक रुपमै प्रस्ताव गर्नु भएको थियो ।

कार्यक्रमको विधिवत समापनमा बोल्दै क्लवका अध्यक्ष खड्काले सो नेत्रालयलाई अझ परिस्कृत गर्दै सञ्चालन गर्ने योजना रहेको बताउनु भयो । काठमाडौमा समेत आफुहरुले आँखा सम्बन्धीको अस्पताल सञ्चालन गरिरहेकोले त्यसैको एउटा सम्पर्क गर्ने माद्यम र त्यहि हाराहारीको सेवा विस्तार गर्ने बारेमा छलफल भइरहेको उल्लेख गर्नु भयो । यद्यपी सस्थाको सम्पत्ती भएकोले उप प्रमुखको प्रस्तावका बारेमा आफुले ‘टिम’मा छलफल गरेर एउटा निणर्यमा पुग्ने पनि बताउनु भयो ।

Share: