दमक/
दमकको गणतन्त्र चोकबाट बजार प्रवेश गर्ने मार्ग । पश्चिम तर्फ लागेपछि आउँछ सुनौलो रङ्ग भएको गोल्डेन गेट । यो गेटबाट प्रवेश गेपछि दुईवटा सडक आउँछन् । दुईवटै सडकबाट पश्चिम जादा दमकको मुख्य बजार पुगिन्छ ।
दुई मध्ये दक्षिण तर्फको सडक हो दमक थाना रोड । यो सडकबाट इलाका प्रहरी कार्यालय पनि पुगिने भएकोले अधिकांशले यो सडकलाई थाना रोड भन्ने गर्छन ।
यो थाना रोड दमक नगरकै एक नमुना सडक बनेको छ । किन होला ? भन्ने जिज्ञासा यहाँ नपुगेकाहरुलाई हुनु स्वभाभाविक नै हो । तर यदि यहाँ जो पुग्छन नी यो सडक अहो दमकमा पनि यत्ती राम्रो सडक नभन्ने सायदै बिरलै भेछिन्छन् ।
कसैले यो सडकलाई अमेरिकामा भएका सडकहरु जस्तै सुन्दर रहेको संज्ञा दिन्छन् । कोहिले यूरोप त कसैले अष्ट्रिेलिया वा भारतको सिक्कीमका जस्ता । यो सडकमा यात्रा गर्नेहरु भन्छन् सडक सुन्दर छ । फराकिलो छ ।
यसरी विदेशको सडककौ झल्को दिने सडकको विषेशता चाहि के छ त ?
सडकको चौडा फराकिलो छ । सडकको दुवै किनारमा गमला राखीएको छ । गमलामा विभिन्न जातका फूलहरु फूलाईएको छ । पैदलयात्रीकालागि छुट्टै सडक पेटि पनि छ । सडकको किनारमा सितलता दिने रुखका छहारीहरु प्नि छन् । हरियाली छ । यो कुरा दिनमा यो सडकमा हिड्नेहरुले पनि महसुस गरेका छन् ।
यो त दिनमा देखिने सौन्दर्यैता भयो । अझ रातको चमक त कम रोमाञ्चक छैन । यहाँ रहेका विभिन्न बुट्यानहरुमा रङ्गी बिरङ्गी बत्तिहरु बालिन्छ । बिजुलीका पोलहरुमा मुख्य बत्तिसँगै अन्य झिलिमिलि बत्ति पनि टागिन्छ । रातमा पनि दिनकै जस्तो उज्यालो हुन्छ । यसले सडक सुरक्षालाई सहयोग पुर्याएको स्थािनयबासीको भनाई छ ।
यो सडक अहिले जस्तो रुपमा बनेको छ यो यत्तीकै त पक्कै भएकोनै होईन । धेरैलाई लाग्न सक्छ यहाँ सरकारको नजर पर्यो र बजेट आएर यो सम्भव भयो । तर यसमा सरकार मात्रैको लगानीले यो सडक यस्तो भएको होईन । सबै भन्दा पहिला त यहाँका स्थानियबासीहरु जगरुप बने । यो सडकलाई नगरकै एक नमुना र आकर्षक सडक बनाउने संकल्प गरे । त्यसपछि यसको डिपिआर भयो । सडक कस्तो बनाउने भन्नेबारेका । अनुमानीत बजेट निकालीयो । निक्लिएको बजेटमा स्थानिय उपभोक्ताले कति प्रतिशत निकाल्ने भन्ने कुरा पनि बन्यो । नपुगेको बजेटकालागि सरकारको कुन श्रोत सम्म प्ुग्ने र यो सडक सौन्दर्यकरण गर्ने भिजन कस्ले प्रष्टसँग राख्न सक्छ भन्ने कुराको पनि पूर्व छलफल भयो । छलफल पछि यस उपभोक्ता र सरकारसँग समन्वय गर्नकालागि समिती बन्यो । समिती आफ्नो लक्ष्य हासिल गर्न अग्रसर भएर लागि पर्यो । र अहिले यो सडक साच्चै हेर्न हुने दमक नगरकै नमुना सडक बन्न सकेको छ ।
त्यसो त यो सडक सौन्दर्य बनाउने काम स्थानिय बासी र सरकारी निकायको सहयोगले मात्रै पनि सम्भव चाहि भएको होईन । यहाँ रहेका विभिन्न सघं सस्थाहरुको पनि उत्तिकै सकृयता छ । यो सडकलाई आकर्षक र नमुना सडक बनाउने काममा यहाँ रहेका द एभरेष्ट बचत तथा ऋण सहकारी सस्था लिमिटेड, मेचि बहुउद्धेस्य सहकारी सस्था लिमिटेड , सुर्य दर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेड लगायतको पनि उत्तीकै योगदान छ ।
यही वडाका वडाध्यक्ष टेक बहादुर थापाका अनुसार अहिले वडा देखी पालिका हुँदै, प्रदेश र सघंीय सरकारको विभिन्न निकायका साथै स्थानिय उपभोक्ताको सहयोगमा यो बाटो आकर्षक बनेको छ । सबैको सहकार्य सहज हुँदा काम गर्न सकिने रहेछ भन्ने उदाहरण यो सडक बनेको उहाँको भनाई छ ।
पूर्वमा नमुना बजार देखि पश्चिममा गोल्डेन गेट सम्मको यो सडक सौन्दर्यकरण गर्न एक करोड भन्दा बढि त खर्च भइसकेको छ । तर अझै यसले पूणर्ता पाएको छैन । अहिले नमुना बजार देखी थाना सम्म मात्रै फूटपाथ बनेको छ । रेलिङ लागेका छन् । यहाँ देखी पश्चिम तर्फको क्षेत्र अझै आकर्षित बन्न सकेको छैन । यसलाई पूणर्ता दिन अहिले सकृय भएका समुह, सघं सस्था र सरकारका केहि निकायले दतारुकता देखाउने हो भने यसले पनि पूणर्ता पाउन सक्ने अपेक्षा गरिएको छ ।
भिडियोमा हेरौ