दमक/
लायन्सक क्लव अफ दमक बिग बुद्धको नेतृत्व परिवर्तन भएको छ । मंगलबार बेलुका सम्पन्न भएको पद हस्तान्तरण कार्यक्रम मार्फत वर्ष २०२१/२२ का अध्यक्ष मनोज रिजालले वर्ष २०२२/२३ का लागि चयन हुनु भएका अध्यक्ष नबिन श्रेष्ठलाई अध्यक्षको हार लगाएर औपचारिक रुपमा आषन गराउनु भएको थियो ।
वर्ष २०२१/२२ का अध्यक्ष रिजालले एक वर्षमा आफ्नो क्लवले ५० वटा विभिन्न सामाजीक कार्यक्रम गरेको र यसले समाज रुपान्तरणमा केहि सहयोग पुगेको उल्लेख गर्नु भयो ।
जनतासँग जोडिएका स साना कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर गरिएको र यसले क्लवको सकृयताका देखिनुका साथै सामाजीक योगदान पनि भएको महसुस आफुले गरेको रिजालले बताउनु भयो ।
यस्तै नव निर्वाचित अध्यक्ष श्रेष्ठले आफु नेतृत्वमा आएपछि खासगरि विप्न्न वर्गको शिक्षा सुधारको क्षेत्रमा काम गर्ने योजना रहेको सुनाउनु भयो ।
‘कोहि पनि बालबालिका आर्थिक अभावकै कारणले विद्यालय स्तरको पढाईबाट बञ्चित नहोस भन्नकालागि यस्तो खाले कार्यक्रम गर्ने सोच बनाइएको हो ।’ उहाँले आफ्नो मन्तव्य राख्ने क्रममा बताउनु भयो ।
क्लवको वर्ष २०२२/२३ को समुहमा अध्यक्षमा श्रेष्ठ सहित प्रथम उपाध्यक्षमा तोसी आनन्द महतो, द्धितिय उपाध्यक्षमा रुवल अधिकारी,तृतिय उपाध्यक्षमा पवन पाण्डे, सचिवमा यूवराज निरौला, सह-सचिवमा सुमन मोते, कोषाध्यक्षमा सुमन राई र सह-कोषाध्यक्षमा गोविन्द अग्रवाल चयन हुनु भएको छ ।
पद हस्तान्तरण कार्यक्रममा अन्य विभिन्न क्लवका अध्यक्ष तथा प्रतिनिधीका साथै शिर्ष नेतृत्वहरुको पनि उपस्थिती रहेको थियो ।