कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

download (3)

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गर्ने हुनुभएको छ ।

प्रदेश सभा सचिवालयले बैठकको कार्यसूची प्रकाशन गरी मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गर्ने र निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची प्रकाशन गरेको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुहुने छ ।

प्रदेश सभाको तेस्रो अधिवेशनको आज बस्ने पहिलो बैठकमा सभामुखले अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरेर सुनाउनु हुनेछ । त्यसपछि संविधानको धारा २०२ बमोजिम जारी भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सभामा पेस गर्ने कार्यसूची छ ।

बैठकमा अध्यादेश पेस भएपछि नेपालको संविधानको धारा १८८ (२) बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु हुनेछ । त्यसलाई सभामुखले निर्माणार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले जेठ २३ तथा जनता समाजवादी पार्टीले जेठ १७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।

सरकार टिकाउनका लागि आवश्यक सांसद सङ्ख्या छैन । सरकारलाई निरन्तरता दिन उहाँलाई ४७ मत आवश्यक पर्छ । तर, मुख्यमन्त्रीसँग नेकपा एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ गरी ४६ सांसदको समर्थन छ । मुख्यमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मत सम्बन्धी प्रस्ताव मत विभाजनमा जानु पूर्व नै ध्वनि मतबाट छलफलमा प्रवेश नै नगरी असफल पार्ने प्रयत्न विपक्षी गठबन्धनले गरिरहेको छ । नेकपा एमाले भने प्रस्ताव सिधै निर्माणार्थ प्रस्तुत गर्ने र मत विभाजन गराउने प्रयत्नमा छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित