‘विस्वास गर्न लायक सरकार यहि हो , विस्वासको मत दिनुस ,पहिचानका कुरामा म सकरात्मक छु’

 

दमक/
कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले प्रदेशको सदन मार्फत विस्वासको मत माग्नु भएको छ । यहि सरकार जनताबाट अनुमोदित भएकोले यसैलाई विस्वासको मत दिन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

प्रदेशसभाको तेस्रो अधिवेशन मुख्यमन्त्री कुमार कार्कीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो ।

सो क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरण गर्नु, प्रदेशको मन्त्रालयको संख्या घटाउने काम गरेको उल्लेख गर्नुभयो । उहाँले २५ प्रतिशत भन्दा बढी चालू खर्च घटाएको र आगामी आर्थिक वर्षमा पनि पौने अर्ब चालू खर्च घटाउने प्रतिबद्धता जाहेर गरेको बताउनुभयो ।

 

आफू मुख्यमन्त्री बन्दा पूँजीगत खर्च ३० प्रतिशत पनि नपुगेको भन्दै अहिले पूँजीगत खर्च ८० प्रतिशतसम्म पुग्न उहाँले दाबी गर्नुभयो । त्यसका लागि सरकारी संयन्त्रलाई ठिक ढंगले अगाडि बढाउँदा काम गर्न सकिन्छ भन्ने देखाउँदै उहाँले विस्वासको मत दिन आग्रह गर्नु भएको हो ।
उहाँले पहिचानवादीलाई चित्त बुझाएर अघी बढ्ने पनि प्रतिवद्धता जनाउनु भयो ।

सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिने लिनु भएको हो ।

Share:

Facebook
Twitter
Email
WhatsApp