" हामी त विस्वासको मत दिन्छौ : राप्रपा"

कोशी प्रदेश : ‘विस्वास गर्ने आधार बनोस सरकारलाई समर्थन गर्न तयार छौ ’ नेकपा एस

दमक/
कोशी प्रदेशका पूर्व मुख्य मन्त्री तथा नेकपा एकिकृत समाजवादीका संसदिय दलका नेता राजेन्द्र कुमार राईले वर्तमान सरकारलाई विस्वास गर्ने वातावरण बनाइदिन आग्रह गर्नु भएको छ ।
आफुहरु त्यहि पार्टि छोडेर आएकोले त्यहि पार्टिको माया लाग्ने र त्यहाँ आफुहरुलाई नहेपिने गरिको वातारण बनाउने हो भने सरकारलाई समर्थन मात्रै नभएर पार्टिमै फर्कने कुरा पनि गर्नु भयो ।
प्रदेशको सदनमा मुख्यमन्त्री हिकमत कुमार कार्कीले विस्वासको मत मागेपछि त्यसको जवाफ दिने क्रममा संसाद राईले सदनको रोष्टबाट विस्वास गर्ने वातावरण बनाउन आग्रह गनु भएको हो ।
अहिले सम्मको गतिविधिले सरकारबाट विस्वासको वातावरण बन्ने संकेत नदेखिएकोले तत्काल विस्वास गर्ने आधार नभएकोले विस्वासको मत नदिने पनि उल्लेख गर्नु भयो ।
राप्रपाले भन्यो हामी त समर्थन मात्रै हैन सरकारलाई पूणर् समर्थन गर्छौ
सदनमा जारी भएको छलफलमा बोल्दै राप्रपाले वर्तमान सरकारलाई पूणर् समर्थन गर्ने जनाएको छ । पार्टिको प्रदेश संसदिय दलको नेता अम्बर बहादुर विष्टले यहि सरकारलाई समर्थन गरेर अघी बढ्न अन्य दललाई पन आग्रह गर्नु भएको छ ।
स-साना विवाद र समस्स्यामा अल्झेर अस्थितर सरकार निर्माण नगर्न उहाँको अनुरोध थियो ।

Share: