करेन्ट लागेर मजदुरको मृत्यु

death_elctronic_39RrOmS3Ys

झापा / झापाको बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा जमेको पानी मोटरले तानेर फ्याल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार बिहान घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड २ स्थित कच्छुबारीमा बाटोको सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा बिर्तामोड ३ का ४० वर्षीय धनबहादुर राजवंशीको करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार प्लम लगाउने ठाउँमा पानी जमेपछि त्यो पानी हटाउन मोटर जोड्न साथ राजवंशीलाई करेन्ट लागेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको