दमक/
अहिलेका आधुनिक छोरी र बुहारीले धान रोप्न छोडे । घरमा पाक्ने धानको भात कसरी फल्छ भन्ने कुरा भिडियोमा हेरे । कहि घुम्न जाँदा ती दृश्य देखे । तर त्यसलाई कसरी उमार्ने । कसरी रोप्ने र फलाउने भन्ने कुराको ज्ञान भने निकै कममा मात्रै थियो ।
यहि कुराको मद्यनजर गर्दै दमकमा रहेको भट्टराई कुल बंश प्रतिस्ठानको छोरी बुहारी बिभागले बेठी सहितको धान रोप्ने कार्यक्रम गर्यो ।
दमक २ स्थित जय नारायण भट्टराईको खेतमा आयोजना गरिएको बेठी सहितको रोपाईमा छोरी बुहारीहरुले हातमा धानको बिउ बोकेर हिलोमा छुपु छुपु पार्दै रोपे । नयाँ अनुभव भएको हुनाले यसको स्मरणकालगि उनीहरुले फोटो र भिडियो पनि खिचिरहेका थीए ।
आफुनो सस्कार र सस्कृतीलाई जोगाउँनकालागि यो कार्यक्रम गर्न प्रेरित गरिएको प्रतिष्ठानका अध्यक्ष शेर बहादुर भट्टराईले जानकारी दिनुभयो ।
दमकमा ४ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । यो मध्ये यो वर्ष २५ प्रतिशत सम्म मात्रै धान रोप्ने काम सकिएको दमक नगरपालिकाकी कृषि शाखा प्रमुख चन्दा भट्टराईले बताउनु भयो ।
यसको भिडिया यहाँ राखीएको छ
विद्यार्थीलाई खेतमै पढाइयो धान रोप्ने पाठ
खासगरी यो दिवसमा दही र चिउरा खाएर मनाइएको दिवसको कार्यक्रममा बिद्यार्थीलाई धानबाट चिउरा बन्छ भन्ने कुरा शिक्षकले बताइरहेका थिए ।
बिद्यार्थीले व्यवहारिक शिक्षा कम भएकाले आफ्नै अगाडी खेतमा फलेको धानबाट चिउरा चमल बन्छ भन्ने कुरा नै पछिल्लो पुस्ताका बिद्याथीलाई थाहा नभएको झापाको कमल गाँउपालिका ५ स्थित स्मारिका सामुदायिक बोडिङ स्कुलका प्रिन्सिपल पुणर् राज गिरीले बताए । यसरी कक्षा कोठ भित्र मात्र किताव धोकाउने अध्ययन प्रवितृले गर्दा बिद्यार्थीमा व्यवहारिक ज्ञान कम हुदै गएको छ । त्यसैले हामीले बिद्यार्थीलाई खेतमा नै हिलोमा धान रोप्न सिकाउन ल्याएका हौँ प्रिन्सिपल गिरीले बताए ।
यही औपचारिक शिक्षालाई व्यवहारिक ज्ञान दिने उदेश्यले आज बिद्यार्थीलाई शिक्षक तथा अभिभवकसँगै राखेर संयुक्त रुपमा खेतमा धान रोपेर सिकाउने प्रयास गरिएको हो प्रिन्सिपल गिरीले बताए । आफ्ना २० प्रतिशत बिद्यार्थीले पनि धानबाट चिउरा बन्छ भन्ने जानकारी नरहेको उनको अनुमान छ । परम्परागत ज्ञान र सीप सिकाउने उदेश्यले हरेक बर्ष बिद्यार्थीलाई यसरी खेतमामा नै लगेर सिकाउने गरिएको शिक्षिका लिला भट्टराईले बताइन् ।
असारमा मात्र होइन बिद्यालयले स्थानीय जातजातीका बिभिन्न पर्वहरुको बिषयमा जानकारी दिन सो समुदायको बस्तिमा नै गएर चाडवाड र खाने कुराको बिषयमा अध्ययन गराइने गरिएको छ । झापामा बसोबास गर्ने राजवंशी ताजपुरिया समुदायले बैशाख अर्थात नयाँ बर्षको अवसरमा मनाउने सिरुवा पर्वको बिषयमा समेत जानकारी गरिएको थियो शिक्षिका दुर्गा उप्रेतीले बताइन् ।
सोही बिद्यालयको कक्षा ९ मा अध्ययनरत रोशन ढकालले राष्ट्रिय धान दिवस भनेको के हो ? यो किन मनाइन्छ भन्ने बिषयमा जानकारी भएको बताए । यसबाट धानखेती कुन मौषममा कसरी गरिन्छ भन्ने बिषयमा अव आफुलाई प्रष्ट भएको बताए ।
बिद्यालयको यो व्यवाहारिक सिकाइले आफुलाई बुझ्न सहज भएको कक्षा ९ मा अध्ययनरत सौरभी लावतीले बताइन् । हाम्रो बिद्यालयका धेरै बिद्यार्थीलाई खेतमा फलेको धानको चामल, मुरै भुजा, लगायतका खाद्य परिकार बन्ने कुरा सिकेको बताइन् । कक्षा कोठाभित्र कितावमा धोकेको भन्दा यसरी खेतमा आएर सिक्न पाउदा धेरै सहज भएको बिद्यार्थीहरुको बुझाई छ ।
यही धान यो देशको मुख्य खाद्य बाली हो । यही तर पछिल्लो समय मानिसको जीवनमा भएको परिवर्तनले गर्दा कृषी पेशाबाट पयालन हुदै गएकाले बिद्यालय तहबाट नै व्यवहारिक शिक्षा दिन आवश्यक रहेको कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सूर्य न्यौंपानेले बताए । स्मारिका सामुदायिक बिद्यालयले आयोजना गरेको धान दिवस कायक्रममा कमल गाउपालिका शिक्षा अन्र्तगत शिक्षा शाखाका प्रमुख सूर्य न्यौपाने वाड्न ५ का वडाध्यक्ष लालबहादुर बिष्ट, वाड्न ३ का वडाध्यक्ष अग्नि कोइराला समेतले धान रोपेका थिए ।