दमक/
कोशी प्रदेशमा आज नेकपा एमालेको सरकार ढल्यो । सरकार ढलेपछि अव नयाँ सरकार गठन गर्नु पर्ने हुन्छ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन गर्नकालागि आवश्यक संवैद्याधिक अधिकार प्रयोग गरेर सो सम्बन्धीको आह्वान गर्ने छ ।
नि वर्तमान मुख्य मन्त्री कार्कीकै नेतृत्वमा सरकार बन्न सक्ला ?
नेपालको संविधानको धारा १६५ (३) मा दुई वा दुईभन्दा बढी दलले पनि प्रदेशसभामा बहुमत पुर्याउन नसके ठूलो दलको हिसाबले सो दलको संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
एमालेले प्रदेशसभामा बहुमत प्राप्त कुनै पनि दल नभएको र बहुमत लिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको सरकार पनि ढलेको अवस्थामा अब संविधानको धारा १६८ को उपधारा (३) अन्तर्गत नयाँ सरकार गठन हुनुपर्ने बताएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा रहेको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने बताउनुभयो । उहाँले संविधानअनुसार सरकार गठन हुने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुखबाट उपधारा (३) अन्तर्गत नै सरकार गठनको आह्वान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
गठबन्धन के गर्ला ?
विश्वासको मतसम्बन्धी प्रस्ताव कोशी प्रदेशले पास नगरेपछि विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले पनि प्रदेश प्रमुख खापुङसँग भेट गरेका छन् ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखसँग संविधानको धारा १६८ को कुन धारा प्रयोग गरेर सरकार गठन गर्ने भन्ने विषयमा परामर्श गरेको बताउनु भएको छ ।
जनता समाजवादी पार्टी कोशी प्रदेशका अध्यक्ष दीपक याक्खाले प्रदेशको नामकरणका विषयमा प्रतिबद्धता नजनाएसम्म कुनै पनि पक्षमा जसपा नलाग्ने बताए । उनका अनुसार अहिले प्रदेशको नामकरणको विषय जसपाको मूल एजेन्डा हो ।
‘पहिचानका आधारमा प्रदेशको नाम पुनः नामकरण गर्ने विषयमा प्रतिबद्धता आए नयाँ बन्ने सरकारलाई समर्थन दिन सकिन्छ’, याक्खाले बताउनु भयो ।
तर, एमालेबाहेक अरूले दिएको प्रतिबद्धताले पनि प्रदेशको पुनः नामकरण हुन सक्ने अवस्था छैन ।
नमिल्ने यो अंकगणित
९३ सांसद संख्या रहेको कोशी प्रदेशमा दुवै गठबन्धनसँग बहुमत छैन । आज सदनमा प्राप्त मत अनुसार नेकपा एमाले र राप्रपाको गठबन्धनमा ४६ मत छ । यो बाहेक अन्य दलहरुको गठबन्धनसँग पनि ४६ जनाको मात्रै मताभर छ ।
तर माओवादी केन्द्रका सभामुखलाई जोडेर ४७ पुर्याउने दाउँमा विपक्षीत गठबन्धनको दाउ । यहाँ सरकार गठन गर्नकालागि ४७ मतभार चाहिन्छ । शुक्रबार एक मत नपुगेका कारण एमाले राप्रपाको संयूक्त सरकार ढल्यो ।
अझ जसपाले कुनैपनि पक्षलाई साथ नदिने भनिसकेको छ । उसको बटम लाईन अनुसार जस्ले किरात लिम्ुवान नाम राख्छ त्यो गठबन्धनलाई समर्थन गर्ने जनाएको छ ।
यो दलले वर्तमान गठबन्धनलाई साथ नदिएको अवस्थामा कांग्रेसको २९, माओवादी केन्द्रको सभामुखसहित १३, एकीकृत समाजवादीको ४ सीट रहने छ । यसो हुँदा सभामुखबाहेक विपक्षी गठबन्धनको ४५ मत हुनेछ । जसपाले विपक्षी गठबन्धनको पक्षमा खुलेर समर्थन गरे पनि ४६ सीट मात्रै हुनेछ ।
सरकार गठनमा सभामुखको हस्ताक्षर मान्य हुने कि नहुने भन्ने विषयमा अहिले विवाद छ । सभामुख माओवादीबाट प्रदेशसभा सदस्य छन् ।