दमकका तीन ठाउँमा झोर्लुङ्गे पुल बन्ने

दमक/
दमक क्षेत्रमा तीन वटा झोर्लुङ्गे पुल निर्माण हुने भएका छन् । संघिय सरकारको लगानीमा ती पुलहरु बन्ने भएका हुन । खास गरि यो क्षेत्रका प्रदेश सभा सदस्य होम बहादुर थापाको पहलमा बन्न लागीएका पुलहरुलाई सघं सरकारको रातो कितावमा प्रकाशन गराइ बजेटको पनि व्यवस्था गराइएको सांसद थापाले जानकारी दिनुभयो ।

दमक नगरपालिका वडा नं ८ स्थित बालुवाटारबाट कमलको खयरबारी जोड्ने गरि रतुवा नदिमा नयाँ झोर्लुङ्गे पुल निर्माण गर्न कोशी प्रदेश सरकारले बजेटमा व्यवस्था गरेको छ । सांसद थापाले आफ्नो क्षेत्रमा परेका योजनाहरुको सुचि सार्वजनिक गर्दै भन्नु भयो ‘यो पुलकालागि ५० लाख रुपैँया यो वर्षको बजेटमा बिनियोजन भएको छ । ’

अन्य दमकको उत्तरी क्षेत्रमा पर्ने वडा नं ३ स्थित पिपल चोकबाट मोरङको उर्लाबारी जोड्न मावा नदिमा ५० लाख रुपैँयाको झोर्लुङ्गे पुल निर्माण हुने भएको छ । यस्तै यहि वडाको रवर खेती देखी पश्चिममा उर्लाबारी जोड्ने ठाउँमा पनि ५० लाख रुपैँयामै झोर्लुङ्गे पुल बन्ने भएको उहाँले बताउनु भयो ।

यहाँका स्थानियबासी, स्थानिय जनप्रतिनिधीहरुसँग समन्वय गरि यी योजनाहरुको आवश्यकता पहिचान गरिएको र सो अनुसार सघंको शहरी विकास मन्त्रालयमा योजना स्विकृत गराइएको उहाँको भनाई छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp