थप अनुसन्धान जारी

गुडिरहेको अटोबाट लड्दा २२ वर्षीया युवतीको मृत्यु

accident_udaypur_takura-443x375

उदयपुरउदयपुरमा गुडिरहेको अटोबाट लडेर २२ वर्षीया युवतीको मृत्यु भएको छ ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उदयपुरको त्रियुगा ९ स्थित गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको प्र–२–०१–००१ ह ०३८१ नम्बरको अटोमा सवार त्रियुगा ७ बस्ने २२ वर्षीया कमला खतिवडा अटोबाट लडेर मृत्यु भएको हो ।

आफ्नो डकुमेन्ट अटोबाट झरेकोले खतिवडा गुडिरहेको अटोबाट अचानक झरेको कारण लडेर गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो चालक त्रियुगा ३ बस्ने ३५ वर्षीय यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित