हात्तीको आक्रमणमा परेर एक जना वृद्धाको मृत्यु

झापा / झापाको मेचीनगर नगरपालिकामा सोमबार बिहान हात्तीको आक्रमणमा परेर वृद्धाको मृत्यु भएको छ।

८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो ।

मेचीनगर १० का वडाध्यक्ष नारायण खनालका अनुसार पूजा गर्न फूल टिप्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको हो। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।

झापामा ६ दिनअघि मात्र हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले कुल्चेर मारेको थियो।

 

Share:

Facebook
Twitter
Email
WhatsApp