अटो दुर्घटना हुँदा उदयपुरमा एक जनाको मृत्यु

उदयपुर उदयपुरगढी गाउँपालिकामा आइतबार राति अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडानम्बर ७ अधेरीस्थित सडकमा नेपालटारबाट गाइघाटतर्फ जाँदै गरेको स१ह ३६२२ नम्बरको अटो दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-१२ का १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उरुस्तमको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको बिराटनगर नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp