धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनबाट सम्मान

IMG_9768-1536x855

धरान / धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई ( हर्क साम्पाङ्ग)ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट प्रशस्त प्रशंसा पाइरहेका छ्न। यस क्रममा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” ले समेत उनको कदर गरेको छ।
मेयर हर्क साम्पाङ्गले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” ले उक्त कार्यलाई मान्यता दिदै सम्मान गरेको छ।

शुक्रबार धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” का नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानब धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी ,गायक निर्णय श्रेष्ठ , सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “को कदर पत्र हस्तान्तरण गरेका थिए।“वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “को कदरपत्र पाएपछि प्रफ्फुलित हुदै मेयर हर्क साम्पाङ्गले आफुले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मुल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउंदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको