भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु

भोजपुर / भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ का १९ वर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारिमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेर रक्ताम्मे अवस्थामा मृत फेला परेकोले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp