झापा / झापामा बालयौन दुरुपयोग र लागू औषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बालयौन दुरुपयोग मुद्दाका बुद्धशान्ति गाउँपालिका–४ बाझोखेत टोलका ३२ वर्षीय मनकुमार राई र लागुऔषध मुद्दाका बुद्धशान्ति गाउँपालिका–४ कै किरात टोलका २७ वर्षीय सुरेन भन्ने सुरेन्द्र तामाङ रहेका छन् ।
राईलाई झापा जिल्ला अदालतको २०७८ मङ्सिर २ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा ६ महिना कैद ५ हजार जरिवाना र २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । त्यसैगरी झापा अदालतको २०७७ भदौ १७ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १ वर्ष कैद, ५ हजार जरिवाना र ४ सय रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । पक्राउ परेपछि दुवै जनालाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि झापा कारागार भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।