कमलमा कमालको निती, किसानसँग खेतबाटै ‘भिडियो कल’

दमक/
किसानले आफुले लगाएको फसल राम्रोसँग फलेन, किरा तथा अन्य कुनै रोग लाग्यो भने अव खेतबाटै भिडियो कल गर्न पाउने भएका छन् । त्यो पनि कृषि सम्बन्धीको बिज्ञ वा कृषि प्राविधिकलाई ।

सो सुविधा झापाको कमल गाउाँपालिकामा रहेका किसानहरुकालागि हो । यहाँका किसानलाई व्यवसायीक रुपमा उत्पादन गर्न प्रोत्साहन गर्दै गाउँपालिकाले आगामी आर्थिक वर्षदेखी लागु हुने गरिको यस प्रकारको निति गाउँसभाबाट सर्वसम्मत पारित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेका अनुसार किसानसँग जुनसुकै बेला पनि भिडियो कल मार्फत जोडिन र किसानले गरेका गुनासाको त्यहि बेला सम्बोधन गर्न गाउँपालिका भित्रै एउटा डेस्क स्थापना गरिने छ ।

प्रविधि र प्राविधिक रुपमा पर्याप्त श्रोत साधनको प्रयोग गराएर यस प्रकारको निति कार्यान्वायन गरिने उपाध्यक्ष न्यौपानेले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

अवको कार्यपालिका बैठकमा यस यो निति कार्यान्वायन गर्ने कार्यविधि बनाउने बारेमा छलफल हुने र जतिसक्दो चाँडो श्रोत साधनको व्यवस्थापन गरेर किसानसँग भिडियो कल मार्फत संवाद कार्यक्रम सुरु गरिने उहाँले बताउनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp