कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिनुभयो शपथ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । 

शपथ लगतै मुख्यमन्त्री थापाले सानो आकारमा मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । शपथ मुख्यमन्त्री थापाले गठबन्धन दल नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपाली काँग्रेसका प्रदीप सुनुवारलाई मन्त्री नियुक्त गर्नुभयो ।

गठबन्धनको साझेदार दल नेकपा माओवादीले भने मन्त्रीको नाम पठाइसकेको छैन । पार्टीमा छलफल गरेर मात्र सरकारमा मन्त्रीहरू पठाइने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp