कोशी प्रदेश सरकारविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च पुग्यो एमाले

कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो ।

रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा दर्ता गराएका हुन् ।

प्रमुख सचेतक भण्डारीले सर्वोच्चमा रिट दर्ताका क्रममा रहेको जानकारी दिएका छन् । ‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ’, भण्डारीले बताए । उनले ‘उक्त उपधाराअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दललाई सरकार बनाउने बाटो खोलिदिन परमादेश माग गरिएको छ ।’

सभामुख गौतमले समेत हस्ताक्षर गरेर संविधानको प्रक्रिया मिच्दै सरकार बनाइएकोले त्यसविरुद्ध सर्वोच्चमा रिट हालिएको भण्डारीले बताए । भण्डारीले निर्णायक अवस्था वा सरकार गठन प्रक्रिया संविधानको धारा १६८(५) मा पुगेको अवस्थामा मात्रै सभामुखको भूमिका सरकार गठनमा आउने दाबी गरे । एमाले सर्वोच्च आउनुअघि नै मुख्यमन्त्रीमा नियुक्त भएका थापाले शुक्रबार बिहान ९ बजे शपथ लिएर पदबहाली गरिसकेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन शाह पाँचथर पुगेर पार्टीका उम्मेदवारका लागि भोट माग्दै

पाँचथर,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त हुनुन्छ । हिजोसम्म झापामा रहनु भएको उहाँ आज बिहान इलाममा मतदातालाई

इलाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाम,८ माघ । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक

बालेनलाई पत्याएनन् युवाले, एमालेमै फर्किए गैरे

दमक,८ माघ। अन्य दल छोडेर बालेन टिममा छिरेका युवाले उनलाई २४ घन्टा पनि पत्याएनन् । युवा संघको दमक नगर कमिटीको सचिब छोडेर बालेनलाई जिताउन गएका

झापा– ५ : मतदाता भन्दैछन् , हाम्राे ठाउँकाे विकास गर्ने उम्मेद्वार नै राेज्छाैं

दमक, ८ माघ । झापा क्षेत्र नं ५ चुनावी सरगर्मीले फेरि एकपटक यो क्षेत्र तातिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको तयारीका