कपाल प्रत्यारोपण अव दमकमै, प्रत्यारोपण गरेको कति समय पछि सामान्य हुन्छ ?(भिडियोमा हेरौ)

 

दमक/
यदि तपाईको कपाल पातालो छ वा झरेर ताक्लनु हुँदा आफुमा हिन्नता बोध आएको छ भने अव दमकमै यसको निराकरण निस्केको छ । त्यो हो कपाल प्रत्यारोपण गर्ने ।

कतिपयले टाउकोको आफ्नो खाली भागमा नक्कली कपाल लगाएर छोप्ने गरेको पनि देखिन्छ । अव भने त्यो समस्या टरेको छ । दमकमै अत्याधुनिक प्रविधिको प्रयोग गरेर कपाल प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ ।

कपाल प्रत्यारोपण गर्ने भनेको कपाल नभएको ठाउँमा कपाल उमार्नु हो । दमकको जि वान क्लिनिकका सञ्चालक समेत रहनु भएका ड्रिमोलोजिष्ट डा. गुरु पौडेलका अनुसार अव यहीबाट कपाल प्रत्यारोपण गर्न सकिने छ ।

अव कपाल उमार्ने ठाउँमा कुनैपनि खत नराखी हेर्दा प्राकृतिक अवस्थाको झै हुने गरि यहाँ कपाल प्रत्यारोपण गरिने उपकरणको प्रबन्ध गरिएको डा. पौडेलले उज्यालो खवरसँगको कुराकानीमा बताउनु भयो ।

पछिल्लो समय विभिन्न ४० वर्ष भन्दा माथी उमेर पुगेका पुरुषहरुको टाउँकोबाट कपाल झर्ने समस्या देखिरहेको छ । तर यो उमेरको मात्रै दोष नभएर बंशाणुगत कारणले पनि हुन सक्ने उहाँको भनाई छ ।

‘कपाल प्रत्यारोपण गरेपछि त्यो एक पटक झर्ने र त्यसपछि झरेको ठाउँमा विस्तारै कपाल पलाउन थाल्ने अनी यो क्रम करिव १ वर्ष सम्म निरन्तर चलेपछि अन्य कपालकै तुलनामा यो पनि बढ्ने छ ।’ डा. पौडेलको प्रष्टोक्ति छ ।

भिडियोमा हेरौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग