रामधुनी : सुनसरीको रामधुनी १ मा सवारी साधनको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार रामधुनी १ स्थित मिलन पेट्रोल पम्प अगाडि सवारी साधनले ठक्कर दिएर मृत्यु भएको अवस्थामा अन्दाजी ३५ वर्षकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।