आजमात्र हैन भोलिपनि भारी वर्षा हुने, नदि तटिय क्षेत्रमा सतर्कता अपाउन आग्रह 

 

दमक /

कोशी प्रदेशका विभिन्न ठाउहरुमा अहिले पनि वर्षा भइरहेको छ । झापा सहित खासगरी उत्तरी पहाडी क्षेत्र र हिमाली क्षेत्रमा गयराती देखिनै वर्षा भई रहेको छ । जसले गर्दा खोला नदिहरुमा पानीको बहाव बढ्न थालेको छ ।

कन्काई नदि, सप्तकोसी नदि, मेची नदि ,बक्रा ,रतुवा लगायत नदिहरुमा पानीको बहाव बढ्न थालेको जल तथा मौसम बिभागको धरान सम्पर्क कार्यालयले जनाएको छ ।

कोशी प्रदेशका अधिकांश जिल्लाहरुमा आज दिनभरनै आंशिक देखि सामान्य वर्षा भइरहेको छ ।

देशभरका चार प्रदेशमा भारी वर्षा 

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली छ। सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

सतर्क रहन अनुरोध

महाशाखाले वर्षाका कारण सडक तथा हवाइ यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रह र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने जनाएको छ। हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थितछ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp