सोलुखुम्बुको सुर्केबाट काठमाडौंको लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरा पासमा दुर्घटना भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।
मंगलबार बिहान ९ बजेर ५२ मिनेटमा सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको हेलिकप्टर लामाजुरा पासबाटै सम्पर्कविहीन भएको थियो ।
दूधकुण्ड नगरपालिका‘–२ लामाजुरा पासमा हेलिकप्टर दुर्घटना भएको खबर आएपछि प्रहरीको टोली त्यसतर्फ गएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ गइसकेको छ।
दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्ने प्रहरीले जनाएको छ । लामाजुरासम्म सम्पर्कमै रहेको हेलिकोप्टर १० बजेर १२ मिनेटपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हेलिकोप्टरमा चालक चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन नागरिक रहेको बताइएको छ ।
नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले हेलिकोप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेको