थप अनुसन्धान जारी

झापामा एक युवकले शरीरमा आगो लगाएर गरे आत्महत्या

  झापा /  झापाको गौरादहका नगरपालिका एक युवाले आत्मदाह गरेका छन् ।

गौरादह नगरपालिका वडा न.१ बजार घर भएका सत्य नारायण शाहको ३५ वर्षीय छोरा रोशन शाहले आफनै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बिहान ४ बजे तिर उनले आगो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । लामाका अनुसार बिहान ४ बजे तिर कोठाबाट धुवा आएपछि ढोका खोलेर हेर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

शाह डिप्रेसनको औषधि खाने गरेको सुनेको लामाले बताए । जाहेरी परेपछि थप अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन शाह पाँचथर पुगेर पार्टीका उम्मेदवारका लागि भोट माग्दै

पाँचथर,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त हुनुन्छ । हिजोसम्म झापामा रहनु भएको उहाँ आज बिहान इलाममा मतदातालाई

इलाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाम,८ माघ । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक

बालेनलाई पत्याएनन् युवाले, एमालेमै फर्किए गैरे

दमक,८ माघ। अन्य दल छोडेर बालेन टिममा छिरेका युवाले उनलाई २४ घन्टा पनि पत्याएनन् । युवा संघको दमक नगर कमिटीको सचिब छोडेर बालेनलाई जिताउन गएका

झापा– ५ : मतदाता भन्दैछन् , हाम्राे ठाउँकाे विकास गर्ने उम्मेद्वार नै राेज्छाैं

दमक, ८ माघ । झापा क्षेत्र नं ५ चुनावी सरगर्मीले फेरि एकपटक यो क्षेत्र तातिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको तयारीका