झापा / झापाको गौरादहका नगरपालिका एक युवाले आत्मदाह गरेका छन् ।
गौरादह नगरपालिका वडा न.१ बजार घर भएका सत्य नारायण शाहको ३५ वर्षीय छोरा रोशन शाहले आफनै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिहान ४ बजे तिर उनले आगो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । लामाका अनुसार बिहान ४ बजे तिर कोठाबाट धुवा आएपछि ढोका खोलेर हेर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
शाह डिप्रेसनको औषधि खाने गरेको सुनेको लामाले बताए । जाहेरी परेपछि थप अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ ।