मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेश बास्तोलाका अनुसार ५ जनाको मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोलीले उद्धारको काम गरीरहेको छ ।

शवको पहिचान भने हुन नसकेको बास्तोलाले बताए ।

आइतवार बिहान करीब सवा १० बजेबाट सम्पर्कविहीन बनेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp