दमक/
झापाको दमकमा रहेका हरेक घरमा सेफ्टी ट्यांकी प्रतिस्थापन गर्न सुरु गरिएको परियोजना हो सि-फेज ढल निर्माण । यो पूणर्रुपमा बनिसकेपछि दमकको घरमा बनाइएका सेफ्टिी ट्यांकीमा आउने पदार्थहरु सोझै सि-फेजमा आउने छ । यसलाई कुनै एक ठाउँमा संकलन गरिने छ अनी यो बाट मल तथा उर्जा समेत उत्पादन गर्ने गरिको परियोजना दमकमा चलिरहेको छ ।
यो परियोजना निर्र्माण गर्न अहिले भइरहेको सडक भत्काउने, भत्एकार त्यसको मुनी पाईपा हाल्ने र पुरेर पहिला त्यो सडक जस्तो अवस्थामा थियो त्यहि अवस्थाको बनाउने गरि काम भइरहेको छ । यसले सरकारको दोहोरो खर्च त गराइरहेको छ तर समयमा भत्काइएको ठाउँमा पूणर् रुपमा काम नगर्दा नागरिकले त्यो सडक प्रयोग गर्न सास्ती भोगीरहेका छन् ।
यसैको एउटा उदाहरण हो दमक स्थित फाल्गुनन्द चोक देखी उत्तर तर्फ हिमावी सम्मको सडक खण्ड । यहाँ सि-फेज ढल लगाउन भन्दै बाटोमा खाडल पारियो । पाईप हालीयो भने तर यसलाई पुरानै अवस्थामा नबनाइ माटै माटो र अझ उच्च बनाएर छोडिएको छ ।
अहिले बर्खा याममा यहाँबाट पैदल यात्री तथा सवारीमा यात्रा गर्नेहरुलाई यो बाटो प्रयोग गर्न निकै सास्ती भइरहेको छ । खासगरि यो सडक नजिकै रहेको विद्यालयका हजार भन्दा बढि विद्यार्थीहरु दैनिक ओवोर दोहोर गर्छन । तर सडकमा हिड्दा चिप्लने, खाल्डा खुल्डीका कारण ढुला सवारी साधन आउँदा जमेको पानी पैदल यात्रुलाई लाग्ने अनी जोखिमपूणर् तरिकाले यात्रा गर्न बाध्य छन् यो सडक उपभोक्ताहरु ।
तर यसको निर्माण गर्ने जिम्मा लिएको कम्पनीले भने यो सडक फेरि खन्ने, अहिले हालीएको पाईप निकाल्ने र अर्को पाईप हाल्ने गरिको काम सुरु गर्ने जनाएको छ । अहिले सर्वसाधरणलाई हिड्दै गर्न केहि सहज बनाउन ग्रेडर तथा अन्य केहि उपकरणले माटो थिच्ने तथा केहि खालडा खुल्डी पुर्ने काम गर्दै गर्न मिल्दैन भन्दै उज्यालो खवरले सोधेको प्रश्नमा यो सडक निर्माणका व्यवस्थापक बिनोद दाहाल भन्नु हुन्छ ‘त्यो त गर्न मिल्दैन । किनकी अहिलेनै त्यहाँ पाईप ठुलो भएर सडक थप उच्चा भएकोले त्यहाँ माथी ग्रेडर गाउँदा सो पाईप फुट्न सक्ने तथा पूःन निर्माण गरिहालीने भएकोले दोहोरो खर्च समेत हुने भएकोले अहिलेनै त्यो काम गर्न मिल्दैन । ’
यो सडकलाई पूःन निर्माण कहिले गर्नुहुन्छ भन्ने प्रतिप्रश्नमा ‘अधिकतम साउनको १५ देखी काम थाल्छौ । अहिलेको भन्दा सानो साईजको र प्लाष्टिकको पाईप लगाउने भन्ने कुरा पछिल्लो अनुगमनले बताएको छ । दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले समेत सानो र प्लाष्टिककै पाईप लगाउनु भन्नु भएको छ त्यहि अनुसार हामी काम गर्छौ ।’ दाहालले बताउनु भयो ।
संघिय खानेपानी ढल व्यवस्थपन विभाग बिराटनगरले यो काम गराइरहेको छ । दमकमा कुल ५४ किलोमिटर सडकमा सि-फेज ढल लगाइने छ भने अहिले सम्ममा ३८ किलोमिटर बनाइसकिएको छ । जे एस एल स्वामी नारायण आशिर्वाद जेवि कम्पनीले निर्माण गरिरहेको यो परियोजना भ्याट बाहेक ६८ करोडको ठेक्का हो । आगामी एक वर्षभित्रमा बाँकी काम सकिसक्नु पर्ने गरिको सम्झौता भएको छ ।