व्यवसायिक बाख्रा पालनतर्फ किसानहरुको आकर्षण बढ्दै

 

 ओखलढुङ्गा / ओखलढुङ्गाका किसान पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरू आधुनिक बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन्  

परम्परागत शैलीमा बाख्रा पाल्दै आएका चम्पादेवी गाउँपालिका, पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गर्नुभएको आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो वृद्धि भएको श्रेष्ठले बताउनुभयो  

उहाँले अहिले ४० वटा बाख्रा पाल्नुभएको सोही स्थानका घनबहादुर श्रेष्ठले पनि बाख्राका लागि आधुनिक खोर बनाउनुभएको आधुनिक खोरमा बाख्रालाई घाँसपानी दिन सहज, घामपानीबाट ओतको राम्रो व्यवस्था सरसफाइका लागि सजिलो हुने गरेको उहाँहरूको अनुभव प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ ओखलढुङ्गामार्फत जिल्लाका तीन स्थानीय तहमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरेको  

मानेभन्ज्याङ, सुनकोशी चम्पादेवी गाउँपालिकाको केही वडामा यो कार्यक्रम लागु गरिएको आर्थिक वर्ष २०७९/८० मा परियोजनामार्फत जिल्लामा २५ वटा बाख्रापालक किसानले अनुदान लिनुभएको  

हाल जिल्लामा बाख्रा जोन अन्तर्गत १५० किसानले व्यावसायिक बाख्रापालन गरिरहेका छन् कार्यक्रममार्फत बाख्रापालक किसानलाई खोर सुधार, नस्ल सुधार, रोग व्यवस्थापन बजारीकरणका लागि तालिम तथा अनुदान सहयोग गर्ने गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो आधुनिक बाख्रा खोर निर्माण गर्न किसानलाई एक लाख २८ हजारका दरले अनुदान उपलब्ध गराइएको प्रमुख पौडेलको भनाइ  

 

Share:

Facebook
Twitter
Email
WhatsApp