"साउन महिनाको महिमा"

साउनको ब्रत र ब्रतालुको मनोकाक्षा (भिडियोमा हेरौ)

 

दमक/
झापाको दमक बजारमा रहेको पशुपतिनाथ मन्दिर । साउन १ गते सोमबार यहाँको परिसर भरिभराउ थियो । लामालस्कर लागेर महादेवलाई जल चढाउनेहरुको घुँइचो थियो । तुलसिमा पानी चढाउने, गुरुजीसँग टिका ग्रहण गर्ने तथा मन्दिरको काम सकेर आफ्नो फोटो तथा भिडियो खिचिरहेका दृश्यहरु प्नि यहाँ देखिन्थे ।

यहि भीडमा भेटिनु भएकी दमक ५ निवासी रेनुका प्रसाई भट्टराई आफु शिवजीको भक्त रहेको बताउँदै भन्नु हुन्छ हामी साउनको सोमबार मात्रै नभएर सबै सोमबार शिवजीलाई जल चढाउँछौ । यसबाट आफ्नो मनमा शान्त्ती प्राप्त हुन्छ । ’उहाँले आफ्नो आस्था र विस्वासबारे उज्यालो खवरको क्यामारामा राख्नु भएको थियो ।

दमकको पशुपति मन्दिरमा महावेदलाई पुजा अर्चना गर्न आउनु भएकी दमक ६ निवासी रत्न कुमारी खतिवडा आफुले जान्ने र बुझ्ने भएदेखीनै महावेदको पुजा गर्दै आएको बताउनु हुन्छ । हरियो चोलो र चुरा लगाएर मन्दिर पुग्नु भएकी रत्नले साउनमा हरियो रङ्गको बस्त्र र चुरा किन पहिरने भन्नेबारेमा आफ्नो बुझाई उज्यालो खवरसँग सेयर गर्नु भएको छ ।

साउन महिना शिवजीको विषेश महिना र यसमा महावेदको महिमा अपरम्पार छ भन्ने विस्वास भक्तजनमा छ । त्यसैले आफ्नो धर्म, सस्कृति र सस्कारलाई जगेणर्ा गर्न पनि साउनमा नियमित ब्रत बस्दै आएको दमकका जिवश कुमार शाहको भनाई छ ।

साउन महिना र सोमबार शिजवीको महिना र बार रहेकोले देशभरका शिवालयहरु यी दिनहरुमा भक्तजनको घुँइचो हुने गर्दछ ।

भिडियोमा हेरौ

साउनको ब्रत र ब्रतालुको मनोकाक्षा – YouTube

 

 

Share: