थप अनुसन्धान जारी

नहरमा डुबेर एक नाबालिकाको मृत्यु

download (7)

बराहक्षेत्र ः सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थित नहरमा डुबेर एकजना नाबालिकाको मृत्यु भएको छ ।
सोमबार दिउँसो बाटोमा खेल्ले क्रममा अचानक नहरमा डुबेर धरान उपमहानगरपालिका १७ घर भइ हाल बराहक्षेत्रस्थित मामा घरमा बस्दै आएकी ५ वर्षीय कृष्णा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नहरमा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बराहक्षेत्र ८ शेरे चोकस्थित सोही नहरमा मृत अवस्थामा फेला पारिएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको