थप अनुसन्धान जारी

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

 

झापा  / मोरङ, झापा र इलामका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का ३९ वर्षीय धनबहादुर थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले साउन १ गते दिउँसा १ः४५ बजे उनलाई पक्राउ गरेको हो ।

उनका साथबाट प्रहरीले प्रतिबन्धित औषधि ट्रमाडोल ६ सय २९ थान र स्पास्पेन ६ सय ६५ थान बरामद गरेको थियो ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका ६ बाट प्रहरीले सोही स्थानका २९ वर्षीय अशोक डुम्जनलाई पनि पक्राउ गरेको छ ।

प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका डुम्जनको साथबाट ८ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

उता, इलामको सूर्योदय नगरपालिका ६ कन्यामबाट पनि प्रहरीले एक युवकलाई पक्राउ लागूऔषधसहित पक्राउ गरेको छ ।

झापाबाट इलाम जाँदै गरेको बा २१ च ७९७१ नम्बरको कारमा लुकाई—छिपाई लादै गरेको लागूऔषध ब्राउनसुगरसहित स्थानीय २४ वर्षीय समीर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।