दमक अस्पतालः बेथितिको अन्त्य सम्भव छ ? नमुना अस्पताल बनाउने ‘प्लान’के?(भिडियो संवाद)

 

दमक/
दमक अस्पतालले १५ शैयाको स्विकृत लिएको छ । तर अहिले यहाँ ४५ शैया राखेर सेवा चलिरहेको छ । केहि महिनामा १० शैया थप गरेर ५५ शैया सहित अस्पतालले सेवा दिने गरिको तयारी थालेको छ । १५ शैयाको मात्रै आस्पताल हुँदा यो अस्पताल दमक नगरपालिका अन्तर्गत हुन्छ ।

नगरपालिकाको कार्यपालिकाको बैठकले तोकको व्यक्ति यसको व्यवस्थापन समितीको अध्यक्ष बन्ने छन् । यदि यो अस्पतालले अरु १० शैया थप गर्यो भने ५५ शैया हुन्छ र मापदण्डमा यो अस्पतालले न्यूनतम ५० शैयाको स्विकृत पाउने छ । त्यसपछि यो अस्पताल प्रदेश सरकार मार्फत सञ्चालन हुने छ । अर्थात यो अस्पताल त्यसपछि चाहि जिल्ला समन्वय समितीका सभापति अध्यक्ष रहने गरि अस्पतालको व्यवस्थापन सञ्चालन हुने छ ।

अहिले पनि यो अस्पतालमा १० भन्दा बढि विषेशज्ञ चिकित्सकले सेवा दिइरहनु भएको छ । अस्पतालको दरबन्दी र स्विकृत क्षमता भन्दा धेरै चिकित्सकिय सुविधा यहाँ छ । दमकमा रहेका अन्य निजि अस्पतालको तुलनामा भौतिक तथा जनशक्तिको दृष्टिकोणमा पनि यो अस्पताल अव्वल छ ।
खासगरि झापाको पश्चिम क्षेत्रका नागरिक, मोरङको पूर्वि क्षेत्र र इलामको दक्षिण तर्फका सेवाग्राहिहरु इो अस्पतालमा सेवा लिन आउने गर्छन ।

स्वास्थ्य चौकीको रुपमा स्थापना भएको यो अस्पतालले सुरुवाती चरणमा धेरै चुनौतीको सामना गर्यो । त्यो बेला आफ्नै प्राङ्गणमा आम्दा अस्पताल खुल्यो । आम्दा अस्पतालपनि आफ्नै जमिनको व्यवस्थापन गरेर यहाँबाट स्थानान्तरण भएपछि यसले पुरानो आम्दा भन्ने पहिचान सहित सेवा दिइरह्यो ।

नागरिकहरुले सरकारी सेवा लिन यहाँ आइरहे । जतिबेला सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गर्यो त्यहि बेला देखी यहाँ सेवा लिन आउनेहरुको भीड बढ्यो । अस्पतालमा भवन अभाव देखियो । यो समस्याको महसुस गरेर यस अघीको पालिका सरकारले भवनको माग गर्यो । भवन बन्यो । विभिन्न उपकरणहरुपनि आइरहेका छन् । जनशक्तिहरुपनि छन् । तर यहाँ दैनिक एक हजार भन्दा बढि सेवाग्राहिरु सेवा लिन आउने हुदा यहाँका हरेक ठाउँमा पालो पाउन समय लागिरहेको छ । अस्पतालको प्रशाषन तथा व्यवस्थापन पक्षले चाहदा केहि समयमै समाधान हुन सक्ने कुराहरुपनि यहाँ सुधार भएका छैनन् ।

अव्यवस्थित टिकट घर,एक्सरे तथा भिडियो एक्सरे सेवा, ओपिडि अनी अन्य पार्किङ स्थल । यी कुरालाई हृदयबाटै चाहने हो भने सेवा सहज हुन्छ । तर काम भने भएको छैन ।

हामीले अस्पतालमा सेवाग्राहिले भोगेको समस्या र समाधानका उपायका बारेमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण शाहसँग कुराकानी गरेका छौ ।

यसको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली