दमक/
दमक अस्पतालले १५ शैयाको स्विकृत लिएको छ । तर अहिले यहाँ ४५ शैया राखेर सेवा चलिरहेको छ । केहि महिनामा १० शैया थप गरेर ५५ शैया सहित अस्पतालले सेवा दिने गरिको तयारी थालेको छ । १५ शैयाको मात्रै आस्पताल हुँदा यो अस्पताल दमक नगरपालिका अन्तर्गत हुन्छ ।
नगरपालिकाको कार्यपालिकाको बैठकले तोकको व्यक्ति यसको व्यवस्थापन समितीको अध्यक्ष बन्ने छन् । यदि यो अस्पतालले अरु १० शैया थप गर्यो भने ५५ शैया हुन्छ र मापदण्डमा यो अस्पतालले न्यूनतम ५० शैयाको स्विकृत पाउने छ । त्यसपछि यो अस्पताल प्रदेश सरकार मार्फत सञ्चालन हुने छ । अर्थात यो अस्पताल त्यसपछि चाहि जिल्ला समन्वय समितीका सभापति अध्यक्ष रहने गरि अस्पतालको व्यवस्थापन सञ्चालन हुने छ ।
अहिले पनि यो अस्पतालमा १० भन्दा बढि विषेशज्ञ चिकित्सकले सेवा दिइरहनु भएको छ । अस्पतालको दरबन्दी र स्विकृत क्षमता भन्दा धेरै चिकित्सकिय सुविधा यहाँ छ । दमकमा रहेका अन्य निजि अस्पतालको तुलनामा भौतिक तथा जनशक्तिको दृष्टिकोणमा पनि यो अस्पताल अव्वल छ ।
खासगरि झापाको पश्चिम क्षेत्रका नागरिक, मोरङको पूर्वि क्षेत्र र इलामको दक्षिण तर्फका सेवाग्राहिहरु इो अस्पतालमा सेवा लिन आउने गर्छन ।
स्वास्थ्य चौकीको रुपमा स्थापना भएको यो अस्पतालले सुरुवाती चरणमा धेरै चुनौतीको सामना गर्यो । त्यो बेला आफ्नै प्राङ्गणमा आम्दा अस्पताल खुल्यो । आम्दा अस्पतालपनि आफ्नै जमिनको व्यवस्थापन गरेर यहाँबाट स्थानान्तरण भएपछि यसले पुरानो आम्दा भन्ने पहिचान सहित सेवा दिइरह्यो ।
नागरिकहरुले सरकारी सेवा लिन यहाँ आइरहे । जतिबेला सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गर्यो त्यहि बेला देखी यहाँ सेवा लिन आउनेहरुको भीड बढ्यो । अस्पतालमा भवन अभाव देखियो । यो समस्याको महसुस गरेर यस अघीको पालिका सरकारले भवनको माग गर्यो । भवन बन्यो । विभिन्न उपकरणहरुपनि आइरहेका छन् । जनशक्तिहरुपनि छन् । तर यहाँ दैनिक एक हजार भन्दा बढि सेवाग्राहिरु सेवा लिन आउने हुदा यहाँका हरेक ठाउँमा पालो पाउन समय लागिरहेको छ । अस्पतालको प्रशाषन तथा व्यवस्थापन पक्षले चाहदा केहि समयमै समाधान हुन सक्ने कुराहरुपनि यहाँ सुधार भएका छैनन् ।
अव्यवस्थित टिकट घर,एक्सरे तथा भिडियो एक्सरे सेवा, ओपिडि अनी अन्य पार्किङ स्थल । यी कुरालाई हृदयबाटै चाहने हो भने सेवा सहज हुन्छ । तर काम भने भएको छैन ।
हामीले अस्पतालमा सेवाग्राहिले भोगेको समस्या र समाधानका उपायका बारेमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण शाहसँग कुराकानी गरेका छौ ।
यसको भिडियो यहाँ राखीएको छ ।