एघार महिनामा भारतबाट साढे १४ अर्ब हाराहारीको चामल आयात, भारतले गर्यो निर्यात नगर्ने निर्णय

दमक/

नेपालको तराई क्षेत्रमा धान धेरै फल्छ । नेपालकै खाद्य बाली उत्पादन मध्ये धान प्रमुख उत्पादन हो । तर यहि धानबाट उत्पादन हुने चामल भने अर्वौ रुपैयामा भारतबाट आयात गरिन्छ ।

भन्सार बिभागका अनुसार आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको छ ।

भारतले गर्यो निर्यात नगर्ने निर्णय

भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।

भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ ।

भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ ।

नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको दाबी भारतीय सञ्चार माध्यमको छ ।

Share: